‘जानी नजानी’को सार्वजनिक तस्वीरमा मनिष र निरिशाको लिपलक

‘जानी नजानी’को सार्वजनिक तस्वीरमा मनिष र निरिशाको लिपलक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बसन्त अधिकारीको निर्देशनमा तयार भएको सिनेमा ‘जानी नजानी’ प्रदर्शनको तयारीमा रहेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसै वीच निर्माण टिमले सिनेमा मुख्य कलाकार मनिष श्रेष्ठ र निरिशा बस्नेतको दुई रोमान्टिक तस्वीर सार्वजनिक गरेको छ । जहाँ एउटा फोटोमा मनिष र निरिशाले लिपलक गरिरहेका छन् । भने अर्को फोटामा उनीहरु एकअर्काको अंगालोमा रमाई रहेकाछन् ।

सिनेमाको गीत संगीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले ‘जानी नजानी’ले राम्रो व्यापार गर्नेमा आशावादी छन् । अहिले सिनेमा निर्माण टिम प्रचार प्रसारको लागी देश दौडाहमा रहेको छ । आधुनिक प्रेमकथामा निर्माण भएको सिनेमाले माया, प्रेमका साथै राष्ट्र निर्माणसँग पनि जोडिएको निर्माण टिमको भनाई छ । रामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । आफुले सिनेमा निर्माणमा कुनैपनि कुरा कम्परमाइज नगरेको रोशनीको भनाई छ ।

सिनेमामा मनिष श्रेष्ठ, डेव्यु गर्ल निरिशा बस्नेतका अलवा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारहरु अभिनय रहेको छ । रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई मोदनाथ खनाल र सागर काजी माली निर्माण गरेका हुन् । जानी नजानीमा सञ्जय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।