गर्भवती श्रीमती सपनासँग रोमान्टिक आर्यन (फोटो फिचर)

गर्भवती श्रीमती सपनासँग रोमान्टिक आर्यन (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल अहिले निर्देशक साम्तेन भुटियाको सिनेमा ‘च च हुई’मा काम गरिरहेका छन् । कमेडी कथामा निर्माण भैरहेको सिनेमामा आर्यनको जोडी अभिनेत्री मिरुना मगरसँग बाँधिएको छ । यस्तै केही समय पहिले मात्रै आर्यनले निर्देशक विकासराज आचार्यको सिनेमा ‘हजार जुनीसम्म’को छायांकन सकाएका थिए । यो सिनेमाको छायांकनकै समयमा चकलेटी अभिनेता आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि पिता बन्दैछन् भन्ने खबर बाहिरीएको थियो ।

नयाँ वर्ष २०७६ साल बैशाखमा आर्यन पत्नी सपना भण्डरी सिग्देलले पहिलो सन्तानलाई जन्म दिँदैछिन् । आइतबार आर्यन पत्नी सपना भण्डारीले आफ्नो अफिसियल फेसबुक अकाउन्टबाट ’बेबी बम्प’ देखाउँदै श्रीमान् आर्यन सिग्देलसँगका रोमान्टिक तश्बिरहरु सेयर गरिन । सार्वजनिक तश्बिरमा आर्यन र सपना निकै खुसी देखिएका छन् । आर्यन पहिलो सन्तानलाई स्वागत गर्न निकै उत्साहित रहेको तश्बिर हेर्दा अनुमान लगाउन सकिन्छ । तश्बिरमा श्रीमती सपनाको ’बेबी बम्प’ मा चुम्बन गरेकोदेखि बच्चाको कपडा हातमा खेलाउँदै उनी दंग देखिएका छन् । एक तश्बिरमा भने उनको हातमा सिनेमाको क्ल्यापमा छ, जसमा लेखिएको छ,- ‘रिलिजिङ द न्यू इयर २०७६’ । तश्बिरमा दुईको जोडी निकै सुन्दर देखिएको छ ।

‘कसैसँग यति धेरै प्रेम गर्न कसरी सम्भव छ ? मलाई कहिल्यै थाहा थिएन कि एक मोटो पेट यति धेरै सुखद हुन्छ’, सपनाले तश्बिरसँगै क्याप्सनमा अगाडि लेखेकी छन्, ‘२०७१ सालकोे बैशाख मेरो लागि खास थियो, जसले मेरो जिन्दगी बदलियो । अब २०७६ सालको बैशाख अझ खास हुनेछ, जसले हाम्रो जिन्दगी बदलिनेछ ।’ यी तस्वीरको कमेन्ट बक्समा आर्यनका फ्यानले उनलाई शुभकामनाको ओइरो लगाएका छन् ।आर्यन सिग्देल र सपना भण्डारीले वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह गरेका थिए । विवाह अगाडि यो जोडी करीब ४ वर्ष लामो प्रेम सम्बन्धमा थियो । सपना, आर्यन सिग्देलकी ‘डाइहार्ट’ फ्यान थिइन् । उनी आर्यनभन्दा ७ वर्ष कान्छी हुन् ।