‘लभ स्टेशन’ निर्माण टिम र पत्रकारमाझ प्रदीपले मनाए २८ औं जन्मदिन

‘लभ स्टेशन’ निर्माण टिम र पत्रकारमाझ प्रदीपले मनाए २८ औं जन्मदिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्का आजबाट २८ वर्षमा प्रवेश गरेका छन् । उनले आफ्नो जन्मदिन प्रदर्शको तयारीमा रहेको सिनेमा ‘लभ स्टेशन’ निर्माण टिम र पत्रकार माझ केक काटेर मनाएका छन् । प्रदीपको जन्मदिनमा लभ स्टेशनका प्रस्तुतकर्ता तथा वितरक गोविन्द शाही, वितरक मनोज राठी, लगायतको उपस्थीती रहेको थियो ।

प्रदीप पछिल्लो समयका चल्तीका अभिनेता हुन् । उनलाई आफ्नो सिनेमा लिएर काम गर्न चाहने निर्माता तथा निर्देशकको जमात निकै ठुलो छ । प्रदीप ‘प्रेम गीत’ रिलिज पश्चात रातारात स्टार कलाकारको रुपमा उदाएका हुन् । सन्तोष सेनले निर्माण गरेको सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । डेव्यु सिनेमा ‘स्केप’को असफतामा रुमल्लीएका प्रदीप अष्ट्रेलिया जाने तयारीमा रहेका थिए । त्यही वेला निर्देशक सुदर्हन थापा र निर्माता सन्तोष सेनले ‘प्रेम गीत’का लागी अफर गरेका थिए ।

उनको नाममा अहिले सिनेमामा करोडौ लगानी गर्न निर्माता तयार हुन्छन् । सिनेमामा ‘प्रेमगीत, ‘प्रेमगीत २’, ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेशन’सम्म आइपुग्दा नायक खड्का दर्शकको नजरमा मात्र परेका छैनन्, सिनेमा निर्माण गर्ने निर्माताहरुका लागि लगानी फिर्ता गर्न सक्ने प्रमुख हतियारको रुपमा रहने गर्छन् । यसैले त होला, उनलाई ४० लाखसम्म पारिश्रमिक दिएर निर्माता सिनेमा बनाउन आतुर छन् ।

सिनेमा क्षेत्रमा आएको छोटो समयमा नै चर्चा पाएका प्रदिपले आज २८ औं जन्मदिन मनाएका छन् । २८ बर्षको उमेरसम्म आइपुग्दा उनले पाएको सफलता लोभलाग्दो छ । तर, सफलता पाउन भन्दा जोगाउन गाह्रो पर्छ । प्रदिपले अहिले पाएको चर्चा र सफलतालाई जोगाउन सकेको खण्डमा उनी नेपाली सिनेमामा लामो रेशको घोडा बन्ने छन् । उनै प्रदीपलाई द सिनेमा टाइम्स परिवारको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।