हेटौडा महोत्सवका हजारौं दर्शकमाझ सलिनमानले गरे ‘यात्रा’को प्रचार

हेटौडा महोत्सवका हजारौं दर्शकमाझ सलिनमानले गरे ‘यात्रा’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डेब्यु सिनेमाबाटै स्टारको ट्याग पाएका सलिनमान बनियाँलाई प्रत्यक्ष हेर्नको लागि हेटौडामा जारि औधोगिक मेलामा दर्शकको भिड उर्लिएको छ । गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा दर्शक रहेको आयोजकले जनाएको छन् । शनिवार सलिनमान आफ्नो प्रदर्शनको तयारीमा रहेको सिनेमा ’यात्रा : अ म्युजिकल भ्लग’ को प्रचार प्रसारको लागि निर्माण टिम सहित पुगेका थिए । सलिनमानसँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेला पुगेका थिए ।

सलिनमान झन्डै १० मिनेट स्टेजमा रहदा उनले सिनेमाको गीत ‘चट्ट रुमाल क्या मालुमा’ नृत्य गर्नुका साथै सिनेमामा समावेश केही डायलग समेत बोलेर दर्शकलाई सुनाएका थिए । हेटौडामा पहिलो पटक चकलेटी हिरोलाई देख्दा स्थानीयले भरपुर स्वागत गरेका थिए । उनले ’नमस्ते हेटौडा’ भन्दै गर्दा हेटौडाका दर्शकले ठुलो स्वरमा नमस्ते फर्काएका थिए । उपस्थित सम्पूर्ण कलाकारले ‘चट्ट रुमाल’मा नृत्य गरेका थिए भने सलोनले पनि आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउदै यात्रा हेर्न आग्रह गरेका थिए । सलोनले पनि आफ्ना नयाँ तथा पुराना सिनेमाका चर्चित डायलग बोलेर दर्शकलाई सूनाएका थिए ।

सलिनमाले यात्रामा भ्लगरको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई सिनेमामा प्रस्तुत गरिएको छ । सिनेमामा जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । यात्रामा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सुशिल पोखरेल निर्माता रहेको सिनेमामा सर्जुमान लिगल कार्यकारी निर्माताको रुपमा रहेका छन् । यात्रामा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । सिनेमा कथापनि निर्देशक सम्राट शाक्यले नै लेखेका हुन् । सम्राटको कथालाई उनका अलवा सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर पटकथामा ढालेका हुन् । सिनेमामा संजय लामाको छायांकन, प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादनको रहेको छ ।