पुर्वी नेपालको धरानका स्कुल, कलेजमा ‘साइँली’ प्रचार

पुर्वी नेपालको धरानका स्कुल, कलेजमा ‘साइँली’ प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङको निर्देशनमा तयार भएको सिनेमा ‘साइँली’ निमार्ण टिमले प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ । आगामी चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘साइँली’को टिम यतिबेला पुर्वी नेपाल पुगेको छ । प्रचार प्रसारलाई आक्रामक बनाउन सिनेमाका निर्माता तथा अभिनेता गौरब पहारी, अभिनेत्री मेनुका प्रधान र अभिनेता दयाहाङ राई पुर्वी नेपालको धरान पुगेका हुन् । ‘साइँली’को निर्माण टिम कलाकार सहित यतीवेला धरानका विभिन्न नाम चलेका स्कुल तथा कलेजहरुमा पुगीरहेको छ । ‘साइँली’ निर्माण टिमले आइतबार धरानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्नुका साथै त्यहाँका पब्लिक हाईस्कुल, सियोन कलेज र युएन कलेजका करिब १५०० विद्याथीवीच साइँलीको प्रचार गरिएको छ ।

गायक हेमन्त रानाको चर्चित गीत ‘सुन साइँली’ नामलाई सापटी लिएर यो सिनेमा निर्माण गरिएको हो । ‘साइँली’ गीतमा गौरव पहारी र मेनुका प्रधानलाई नै फिचर्ड गरिएको थिए भने सिनेमामा पनि यहि जोडीको मुख्य भुमिका रहेको छ । गीतले बैदेशिक रोजागारीमा गएका श्रीमान र गाउँमा श्रीमानको प्रतिक्षा गरेर दिन बिताइ रहेकी श्रीमतीबीचको प्रेम बुनिएको थियो । गीतको मर्मलाई नै सिनेमाको मुख्य पाटो बनाईएको छ । तर सिनेमामा भने श्रीमान बैदेशिक रोजगारीमा जानुअघिको कथालाई उठान गरिएको निर्देशक रामबाबु गुरुङले बताए ।

जिएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा गौरव र मेनुकाका अलवा दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्की लगायतका कलाकारको पनि अभिनय रहेको छ । विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । भने सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । साइँलीमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।