सरोज र सुजाता स्टारर ‘हली’को निर्माण घोषणा

सरोज र सुजाता स्टारर ‘हली’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमा ‘हली’को सोमबार राजधानीमा शुभमुर्हत गरिएको छ । चिरायु फिल्मसको प्रस्तुतिमा निर्माण हुने सिनेमाको राजधानीको ज्ञानेश्वरमा अवस्थीत ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईतर्हत गरिएको हो । शुभमुर्हतमा अभिनेता सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले मुर्हत सर्ट दिएका थिए ।

शुभमुर्हत कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल एरिया लिडर बालकृष्ण वर्लाकोटीको प्रमुख आतिथ्यतामा गरिएको थियो । निर्देशक ओम प्रतिक गुरुङले समसामयिक बिषयमा आधारित सिनेमामा गाउँ समाजमा घटेका घटनालाई समेटिएको बताए । सिनेमालाई पूजा गुरुङ ‘गर्वि’, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछानेले मिलेर निर्माण गर्न लागेका छन् ।

डडेलधुरा, डोटी, बझाङलगायतका स्थानमा आगामी चैत्र दोस्रो साताबाट छायांकन थालीने सिनेमामा सरोज खनाल, प्रमोद दीप, सुजाता थापाका अलवा ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटीलगायतका कलाकारको पनि अभिनय रहने छ । सिनेमामा राहुल राईको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, राम प्यासको कोरियोग्राफी रहने छ ।