निर्माता सुवास गिरीद्धारा जन्मदिनमा एम्बुलेन्स हस्तान्तरण

निर्माता सुवास गिरीद्धारा जन्मदिनमा एम्बुलेन्स हस्तान्तरण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सफल निर्माता तथा समाजसेवी सुवास गिरीले आइतबार आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा ‘नोभेम्बर रेन, क्लासिक, पर्व, कृ’ जस्ता चर्चित सिनेमा निर्माण गरेका निर्माता सुवास गिरी समाजसेवामा पनि आफ्नो हात बढाएका छन् । सुवासले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर १० लाख मुल्य बराबरको एम्बुलेन्स गृह जिल्ला सिन्धुलीमा हस्तान्तरण गरेका छन् ।

उनले सिन्धुली स्थित दुधौली नगरपालिका वडा नम्बर ५ को सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । यस्तै, सुवासले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै आफ्नै नाममा सुवास फाउन्डेशन संचालनमा ल्याएको समेत जानकारी गराए । उनले, आफ्नो हरेक कमाइको १० प्रतिशत रकम सुवास फाउन्डेशन मार्फत सामाजिक कार्यमा लगानी गर्ने समेत उक्त स्टाटस मार्फत जानकारी दिएका छन् ।

यस्तै, निर्माता सुवास गिरीले गतवर्ष प्रदीप खड्कालाई लिएर ‘भैरवी’ निर्माण गर्ने घोषणा गरेका थिए । योसँगै अनमोल केसीको मुख्य भुमिकार रहेको सिनेमा ‘कृ’को सिक्वेल ‘कृ २’ समेत निर्माण गर्ने बताएका थिए । तर आजको मितीसम्म यि दुवै सिनेमा निर्माण भएका छैनन् । सिनेमा ‘भैरवी’को क्यानाभास निकै ठूलो भएको भन्दै यो सिनेमा तत्काल नबन्ने सुवासले बताए । तर, दशैं लगतै विग बजेट सिनेमाको छायांकन सुरु गर्ने तयारी उनले गरेका छन् ।