पम्फा भुषाललाई मन पर्यो आधुनिक प्रेमकथा ‘जानी नजानी’

पम्फा भुषाललाई मन पर्यो आधुनिक प्रेमकथा ‘जानी नजानी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेकपाकी महिला नेत्री पम्फा भुषालले सिनेमा ‘जानी नजानी’ हेरेकी छिन । आफ्नै पार्टीको केहि सदस्य सहित उनले आइतवार साँझ सिनेमा हेरेकी हुन् । राष्ट्रिय पोशाक ढाका मार्फत युवालाई दायित्व बोध गराउने सिनेमालाई उनले रुचाएकी छिन् । लभ स्टोरी सिनेमा भएता पनि यसमा राष्ट्रियता र दायित्वलाई प्रस्ट्याईएको छ । सिनेमा हेरेपछि उनले उठान गरेको विषयवस्तुलाई मन परेको बताइन ।

’सिनेमाले ढाका संरक्षणको विषयलाई उठान गरेको छ, त्यसले नयाँ पुस्तालाइ ढाका बुझाउछ’ उनले भनिन् ’सिनेमा सफा र सरल छ, युवालाई केहि गर्नु पर्छ भन्ने प्रेरणा पनि दिन्छ ।’ सिनेमामा प्रेमकथा पनि मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि रहेको लेखक सामिप्य तिमल्सेनाले बताएका छन् ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमामा मनिष श्रेष्ठ, डेव्यु गर्ल निरिशा बस्नेत, नम्रता श्रेष्ठ, सन्नी सिंह, रोशनी केसी, कृष्णभक्त महर्जन, प्रकाश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । डेव्यु गर्ल निरिशा पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी हुन् । ‘जानी नजानी’ मार्फत धेरै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी यसै सिनेमा मार्फत निर्देशनमा डेब्यु गरेका छन् । आधुनिक प्रेम कथामा आधारित सिनेमाको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण भएको सिनेमाको प्रस्तुतकर्ता रोशनी केसी हुन् । सिनेमामा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ । संजय लामाको छायांकन रहेको सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सिनेमामा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ ।