रोमान्टिक सोनम र ओसिन

रोमान्टिक सोनम र ओसिन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साउन १० गते रिलिज हुने सिनेमा ‘एकलब्य’को रोमान्टिक भर्सन गीत ‘मलाई बनायौँ किन’ सार्वजनिक गरिएको छ । युवराज चौलागाईं र मेलिना राईले गाएको गीतमा मुख्य कलाकार सोनम थापा मगर र ओसिन भट्टराई फिचरिङ छन् ।

राजेन्द्र बजगाईंको शब्द, संगीत रहेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

पारिवारिक प्रेमकथा भनिएको ‘एकलब्य’लाई अनमोल शर्माले निर्देशन गरेका हुन् । सिनेमामा पुस्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, महिमा सिलवाल, राजेन्द्र दुलाल, विराग लोगुनको पनि अभिनय छ ।

अभि फिल्मसको व्यानरमा निर्मित सिनेमामा राजेन्द्र बजगाईंको संगीत, भोजराज देवकोटाको पटकथा/संवाद, कृष्ण श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।