छवि र शिल्पालाई अनुसन्धानको लागि पक्राउ गर्न आदेश

छवि र शिल्पालाई अनुसन्धानको लागि पक्राउ गर्न आदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्दको बहुविवाहको उजुरी दर्ता भएपछि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

हेमा ओझाले दिएको उजुरी बुधबार मात्रै दर्ता भएपछि जिल्ला अदालतले अनुसन्धानको लागि दुवैलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको हो । हेमाको उजुरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थाल्नेछ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पक्राउ पूर्जी जारी भएको पुष्टि गरेका हुन् ।