समुन्द्रको निर्देशनमा नितासँग माया साट्दै कोशिस !

समुन्द्रको निर्देशनमा नितासँग माया साट्दै कोशिस !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निता ढुंगानाले लामो समयदेखि सिनेमा निर्माण गर्ने हल्ला चलिरहेको थियो । अभिनेत्री निताले दुई वर्ष अघि आफ्नो जन्मदिनको अवसर पारेर सिनेमा निर्माणको घोषणा गरेकी थिइन् । अन्ततः अभिनेत्री नीता ढुङ्गानाको निर्माण ब्यानर नीता फिल्मस् को तर्फबाट सिनेमा निर्माण हुने पक्का भएको छ । केहि हप्ता पहिले ’मःम हन्टिङ’ नाममा सिनेमा बन्ने चर्चाका बीच नीता उक्त शिर्षकलाई थाती राख्दै नयाँ सिनेमाको स्कृप्टमा जुटेको बताएकी छिन् ।’मःम हन्टिङ’को कास्टिङ लाइनअप पुरा हुन बाँकी रहँदा उक्त प्रोजेक्टलाई तत्कालको लागी थाती राख्दै अर्को लभस्टोरी सिनेमा निर्माणको लागी नीता अघि बढेकी हुन् । समुन्द्र भट्टले निर्देशन गर्ने सिनेमाको वर्किङ टाइटल ’माया’ राखिएको छ । सिनेमाको मुख्य अभिनेत्रीमा नीता नै रहँदा लिड अभिनेतामा कोशिश क्षेत्री रहने पक्का भएको छ । आफ्नै कथा रहने फिल्मको स्कृप्टलाई अन्तिम रुप दिन कोशिश व्यस्त छन् भने फिल्मको स्कृनप्ले र संवाद लेखनमा कोशिशलाई निर्देशक भट्टले सघाउँदैछिन् ।

सिनेमामा संगीत पनि कोशिशको नै रहनेछ । ’मोक्ष’ डेब्यू हिरो कोशिशले पहिलो सिनेमामा देखाएको अभिनय कौशलताले चौतर्फी तारिफ भएको थियो भने त्यसपछि ’पर्व’मा पनि उनले लोभलाग्दो अभिनय दर्शकमाझ पस्केका थिए । यो सिनेमालाई सिक्किम कालिङपोङ लगायतका ठाउँमा छायाँकन गरिने निर्देशक भट्टले बताइन् ।केहि बर्ष पहिले सिनेमा ’आधा पेज’ बाट एक्सन कटमा डेब्यू गरेकी युवा निर्देशक समुन्द्र यो बीचमा क्यानडाको टोरन्टो सिनेमा स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् । पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैलीलाई सिनेमाले बोल्नेछ । भदौ दोश्रो साताबाट फ्लोरमा जाने बताइएको सिनेमाका अन्य कलाकार र प्राविधिक लाइनअप पुरा हुन बाँकी छ ।