शिवहरीको निर्देशनमा ‘लक्का जवान’को निर्माण घोषणा

शिवहरीको निर्देशनमा ‘लक्का जवान’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शिवहरी पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा लक्का जवानको बुधबार एक कार्यक्रमकावीच निर्माण घोषणा गरिएको छ । यसअघि केही हास्यटेलिसिरियल निर्देशन गरेका उनको डेव्यु निर्देशन रहने सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो । भदौको पहिलो साताबाट छायांकन सुरु हुने सिनेमाको प्रस्तुतकर्ता ध्रुव वन्त हुन् ।

सिनेमामा निर्देशक पौडेल स्वयंको प्रमुख भूमिका रहनेछ । उनीसँगै सिनेमामा किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सिनेमाका गीतमा बाबुल गिरीले संगीत भर्नेछन् । निर्माता तथा अभिनेता किरण केसीलाई शिवहरीले राम्रो सिनेमा निर्माण गर्नेमा विश्वस्त छन् ।

किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको फिल्ममा अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा छिन् । सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् । सिनेमाको कथा निर्देशक पौडेल स्वयले तयार पारेका हुन् । पौडेलले सिनेमाको निर्देशकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाहा गर्ने प्रतिवद्धता व्यक्त गरे ।’तँ त साह्रै बिग्रिस नी बद्री’, ’शत्रु गते’ र ’दाल भात तरकारी लगायतका सफल सिनेमा निर्माण गरिसकेका निर्माता तथा कलाकार किरण केसीले शिवहरीको क्षमतालाई हेरेर निर्देशकको जिम्मेवारी सुम्पिएका बताए । कविराज गहतराजको कोरियोग्राफी रहने सिनेमालाई पुरुषोत्तम प्रधानले छायाँकन गर्नेछन् । भने, मित्र डि. गुरुङलाई लक्का जवानको सम्पादकको जिम्मेवारी सुम्पिएको छ ।