‘साईनो’ प्रचारमा बसुन्धरा, चैत्यदेविदेखि दीपाश्रीसम्म

‘साईनो’ प्रचारमा बसुन्धरा, चैत्यदेविदेखि दीपाश्रीसम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा निर्माण भएको पहिलो सिनेमा ‘आमा’की अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको सिनेमा ‘साईनो’ प्रदर्शनमो क्रममा रहेको छ । ‘साईनो’ निर्माण टिमले बुधबार राजधानीमा साउन १५ को अवसर पारेर खिर खाने कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा अभिनेत्री तथा निर्मात्री भुवन चन्द थापा, बसुन्धरा भुषाल, चैत्यदेवि सिंह, दीपाश्री निरौला, पुजना प्रधान, उमा बेबी, गायिका मिना निरौला, निता ढुंगाना, मिरुना मगर लगायतको उपस्थिति रहेको थियो ।उपस्थित पाहुनाहरुले अभिनेत्री भुवन चन्दले निर्माण गरेको सिनेमा पहिलो दिनको पहिलो शो नै हेर्ने बाचा गरेका थिए । अभिनेत्री चन्दले नेपाली सिनेमा क्षेत्रमा विताएको ५० वर्षको अनुभव समावेश गरेकाले एउटा उत्कृष्ट सिनेमा बनेको विश्वास व्यक्त गरे । चन्द्रविनायक फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमालाई रमेश थापाले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको सिनेमामा निता ढुंगाना, मिरुना मगर र राजकुमारको मुख्य भुमिका रहेको छ । आगामी साउन २४ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुँदैछ ।  सिनेमामा भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ । अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । सिनेमामा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । सिनेमाले केही समय पहिले सार्वजनिक शिर्ष गीतको लागि ‘टिक-टक च्यालेन्ज’ पनि आव्हानन गरेको थियो ।