‘मारुनी’को मोफसल टुर, चितवनमा सम्हाल्नै गाह्रो साम्राज्ञीको क्रेज

‘मारुनी’को मोफसल टुर, चितवनमा सम्हाल्नै गाह्रो साम्राज्ञीको क्रेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मारुनी’ निर्माण टिम प्रचार प्रसारको लागी हाल मोफसल टुरमा छ । भदौ ४ गते इटहरीबाट सुरु भएको मोफसल टुर ९ गते नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी राजधानी फर्किने छ । बिहिबार निर्माण टिमले चितवनमा भव्य कन्सर्ट आयोजना गरेको थियो ।चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारको आसपासमा दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कलाकारहरु पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले सिनेमाको दुई गीत ‘जाम न माया जाम’ र ‘सक्दिन म बाँच्न’ मा नृत्य गरेका थिए । उनिहरु नाच्दा दर्शकहरुले जोडले हुटिङ गरेका थिए । उनिहरु सँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए । यस्तै केही फ्यानहरु पिछा गर्दै होटेलसम्म पुगेको निर्माण टिमले जनाएको छ ।अभिनेत्री साम्राज्ञी र पुष्पले कार्यक्रममा बोल्दै मारुनी राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह दर्शकसँग गरेका थिए । सिनेमाकी निर्माता पुनम गौतमले आफ्नो घर नै चितवन भएकोले आउन लागेको तीजमा माइतीलाई ‘मारुनी’ कोसेली लिएर आएको बताईन् । यस्तै, निर्देशक नवल नेपालले आफुले मुटु छुने सिनेमा बनाएकोले सबैलाई हेरिदिन आग्रह गरे । कार्यक्रममा गायक कृष्ण काफ्लेले पनि गीत गाएर दर्शकहरु लाई नचाएका थिए । चितवन पछी भदौ ७ गते पोखरा, ८ गते बुटवल र ९ गते नेपालगन्जमा पनि कार्यक्रम आयोजना हुनेछ ।