किशोर र सञ्चिताको ‘शिवा’ ट्रेलर रिलिज (भिडियो)

किशोर र सञ्चिताको ‘शिवा’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – किशोर खतिवडा र सञ्चिता लुईंटेल स्टारर सिनेमा ‘शिवा’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सिनेमामा अभिनेत्री सञ्चिता लुईंटेलले पत्रकारको भूमिकामा निर्वाह गरेकी छन् । भने, अभिनेता खतिवडालाई शिवाको भुमिकामा प्रस्तुत गरिएको छ ।निर्माता तथा कलाकार ज्याकले सिनेमाले उठाएको विषयवस्तु गम्भीर रहेको र गम्भीर रुपमै प्रस्तुत गरिएको बताए । शिवामा किशोरले आफ्नो गाउँ बचाउन गरेको संघर्षको कथा देखाइएको छ । मंसिर २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमालाई रामकाजी घिमिरेले निर्देशन गरेका हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंम घिमिरेले नै लेखेका हुन् । सुनिरा तम कार्यकारी निर्माता रहेको सिनेमाको निर्माण ज्याक श्रेष्ठले गरेका हुन् ।

निर्देशक घिमिरेले शिवा पारिवारिक प्रेमकथामा आधारित भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । सिनेमामा किशोर र सञ्चिताका अलवा ज्याक श्रेष्ठ, निरज महर्जन, होम दवाडी, पूर्णिमा लामा, शम्भु गहतराज लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, विरेन्द्र भट्टको छायाँकन, राजु ढुंगानाले सम्पादन सिनेमामा रहेको छ ।