‘राम राम’बाट बाहिरिए सौगात, विपिनलाई मौका ?

‘राम राम’बाट बाहिरिए सौगात, विपिनलाई मौका ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुवर्ण थापाले निर्देशन गर्ने सिनेमा ‘राम राम’बाट अभिनेता सौगात मल्ल बाहिरिएका छन् । अनुबन्धित भएर पनि हात झिक्नुको मुख्य कारण अभिनेत्री सृष्टि श्रेष्ठ हुन् ।सौगात र सृष्टि केहि समय यता लिभिङ टुगेदरमा छन् । त्यसैले सौगातले आफुलाई अफर आएका सिनेमामा सृष्टिलाई पनि सिफारिस गर्न थालेका खबर बाहिरिरहेका छन् । ‘राम राम’ युनिटले सौगातले सृष्टिलाई सिफारिस गरेकै कारण उनले सिनेमाबाट हात धुनुपरेको खुलाएको छ ।सौगातले सृष्टिलाई सिनेमा लिन दबाब दिएका थिए । यहाँसम्मकी सौगातले सृष्टिकै लागि भनेर सिनेमाको कथा परिवर्तन गर्न पनि आग्रह गरेका थिए । तर, निर्माण पक्षले सौगातको दबाब स्वीकार गर्न सकेन ।

अहिले अभिनेता विपिन कार्कीसँग ‘राम राम’ले टिमले कुरा गरिरहेको छ । सम्भवत: सिनेमामा विपिनले सौगातलाई रिप्लेस गर्नछन् ।

यसअघि पनि सौगातले सृष्टिलाई सिफारिस गरेकै कारण ‘चपली हाइट ३’बाट बाहिरिनु परेको थियो । यस्तै केहि सिनेमामा सौगात र सृष्टिले जोडी बाँधेका छन् ।