‘प्रेम संसार’को पहिलो गीत सुनैना सुनैना रिलिज (भिडियो)

‘प्रेम संसार’को पहिलो गीत सुनैना सुनैना रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत रिलिज गरिएको हो । आगामी मंसिर १३ गतेबाट प्रदर्शन हुने सिनेमालाई राम गौतमले निर्देशन गरेका हुन् । ‘सुनैना सुनैना…..’ बोलको गीतमा मुख्य कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई फिचर्ड गरिएको छ ।अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र अञ्जु पन्तको स्वर छ । गीतको भिडियोमा निर्देशक राम गौतमको कोरियोग्राफी हेर्न सकिन्छ । सिनेमामा प्रेम सोनी, आयुष्मा कार्कीका अलवा कबिता नेपाली, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगाएतको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाको कथा, पटकथा तथा संवाद निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार (गहतराज) ले तयार पारेका हुन् । उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता रहेको सिनेमामा कमल सुनार र सीता सुनारको लगानी रहेको छ । सिनेमामा अर्जुन पोखरेल र बिबि अनुरागीको संगीत, शंखर महर्जनको द्धन्द्व निर्देशन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी, दिपेन्द्र बस्न्यातको छायांकन र सम्पादन रहेको छ ।