क्युएफएक्सको वार्षिकोत्सवमा ६ सिनेकर्मी सम्मानित

क्युएफएक्सको वार्षिकोत्सवमा ६ सिनेकर्मी सम्मानित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा नेपालकै ठुलो मल्टिपेलेक्स चेन क्यूएफएक्स सिनेमाजले १७ औं वार्षिकोत्सव समारोह सम्पन्न गर्यो ।  वार्षिकोत्सव समारोहमा नेपाली सिनेमा, कर्पोरेट क्षेत्रका साथै अन्य क्षेत्रका बरिष्ठ पाहुनाहरुको बाक्लो उपस्थिति थियो । क्यूएफएक्स प्रमुख नकिम उद्दिन, राजेश सिद्धि पनि उक्त समारोहमा सहभागी थिए ।वार्षिकोत्सवको अवसरमा नेपाली सिनेमाको ट्रेन्ड विस्तारमा योगदान दिने ६ जनालाई क्यूएफएक्स अवार्डले सम्मान गरिएको थियो । अवार्ड पाउनेमा निर्देशकहरु भुषण दाहाल, निश्चल बस्नेत, रामबाबु गुरुङ, अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता दयाहाङ राई, र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई छन् ।यस्तै, क्युएफएक्सका सञ्चालक मध्येका एक भाष्कर ढुंगानाले नेपालमा हलिउड सिनेमा प्रदर्शन, डिजिटल प्रविधिको विस्तार र मल्टिप्लेक्स हलको स्थापनाका लागी आफूहरु गरेको संघर्षका दिनलाई स्मरण गरेका थिए । भाष्करले अगाडी भने, ‘क्युएफएक्स सिनेमाज स्थापनाको वेलामा हामीले देवदास र स्पाइडरम्यान मध्ये एउटा सिनेमा प्रदर्शन गर्नुपर्ने विकल्प थियो, हामीले स्पाइरम्यान छान्यौं’, किनभने हामीले नेपालमा अंग्रेजी सिनेमा देखाउने ट्रेण्डमार्क सेट गर्नुपर्ने अवस्था थियो ।’

ढुंगानाले गुणस्तर र सेवा विस्तार क्युएफएक्स सिनेमाजको उद्देश्य रहेको बताए । जय नेपाल संचालनलाई क्यूएफएक्सले एनिभर्सरी मान्ने गरेको छ । क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले दशैँबाट भक्तपुर, बिराटनगर र भैरहवामा क्यूएफएक्सका तीन हल सञ्चालनमा आउने बताए ।