वाग्लेको डेब्यु निर्देशनमा ‘पारस’ बन्ने, चैत २८ मा रिलिज

वाग्लेको डेब्यु निर्देशनमा ‘पारस’ बन्ने, चैत २८ मा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चित एवं सफल निर्माता माधव वाग्ले अब निर्देशनको बाटोमा पनि हिड्ने भएका छन् । उनले पहिलो पाइला स्वरुप सिनेमा ‘पारस’ बनाउने भएका छन् ।आइतबार बेलुका आफ्नो फेसबुक अकाउन्टबाट सिनेमाको नाम आउट गर्दै आफ्नो पहिलो निर्देशनको बारेमा जानकारी दिएका छन् । लभस्टोरी जनराको ‘पारस’मा निश्चल बस्नेत र सन्दीप क्षेत्री फाइनल भएका छन् ।

सिनेमा नाम झट्ट सुन्दा पुर्वयुवराज पारसको जीवनीमा आधारित हुन् सक्ने अनुमान गर्न सकिन्छ । तर, निर्माता हुँदै निर्देशक बन्न लागेका वाग्ले पारससँग सिनेमाको कथा सम्बन्धित नरहेको बताउछन ।

एउटा अभागी पुरुषको कथा सिनेमाले बोकेको उनले बताए । हाल स्क्रिप्टमा रहेको सिनेमाको आधिकारिक घोषणा केहि दिन मै गरिनेछ । मंसीरबाट छायाँकन सुरु हुने सिनेमालाई यसै वर्षको चैत २८ मा रिलिज गर्ने लक्ष्य छ ।

वाग्लेले ‘लूट’, ‘छड्के’, ‘मिसन पैसा २’, ‘रेशम फिलिली’, ‘लभ शासा’, ‘लूट २’ र ‘चंगा चेट’ जस्ता चर्चित सिनेमा निर्माण गरिसकेका छन् । यी मध्ये सर्वाधिक कमाई गर्ने ‘लूट २’ र ‘लूट’ निश्चल बस्नेतले निर्देशन गरेका थिए । निर्देशक बस्नेतलाई लिएर वाग्लेले ‘पारस’ निर्देशन गर्ने भएका छन् ।