रुचाइयो ‘रातो टिका निधारमा’को शिर्ष गीत

रुचाइयो ‘रातो टिका निधारमा’को शिर्ष गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा अभिनित ‘रातो टिका निधारमा’को शिर्ष गीत शुक्रबार इन्टरनेटमा रिलिज गरिएको थियो । सार्वजनिक गीतले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।‘अल्लारे’ सिनेमाको सुपरहिट गीतलाई रिमेक गरेर ‘रातो टिका निधारमा’ समावेश गरिएको हो । शम्भुजित बास्कोटाको संगीत, सहदेव ढुंगानाको शब्द रचना रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । भने, नयाँ भर्सनमा गायक प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन् ।

यसअघि पनि केही सिनेमामा पुराना गीतलाई रिमेक गरेर रखिएको थियो । ति गीतले दर्शक तथा श्रोताबाट निकै गाली खाए । तर, रातो टिका निधारमाको हकमा भने ठिक उल्टो भएको छ ।

चार दिन पहिले सार्वजनिक गीतले युट्युबमा निकै राम्रो तारिफ पाएको छ । अहिलेसम्म गीतले युट्युबमा १४ लाख ६५ हजार ३ सय बढि दशर्कको साथ पाएको छ । भने, ३९ हजार लाइक र २ हजार ८ सय बढि कमेन्ट गीतलाई मिलेको छ । गीत अहिले युट्युब ट्रेन्डिङको पाँचौं स्थानमा उक्लिएको छ । साम्राज्ञी र अंकितको नृत्यलाई पनि दर्शकले निकै रुचाएका छन् ।

गीत हरेका अधिकांश दर्शकले गायक प्रमोद खरेल र मेलिना राईको स्वरको तारिफ गरेका छन् । नयाँ भर्सनले पुरानो गीतको मर्म मर्न दिएको प्रतिक्रिया दर्शकको छ । जसले गर्दा आगामी असोज १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाले दर्शकमाझ निकै राम्रो हाइप बनाएको छ । यो गीतले धेरै भन्दा धेरै दर्शकलाई सिनेमा हेर्न हलसम्म पुर्याउने विश्वास निर्देशक अशोक शर्मालाई छ ।

सिनेमामा साम्राज्ञी र अंकितका अलवा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।