‘म यस्तो गीत गाउँछु २’को टेलर सार्वजनिक

‘म यस्तो गीत गाउँछु २’को टेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा र पल शाह स्टारर सिनेमा ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर रिलिज गरिएको छ । सुदर्शन थापा निर्देशित सिनेमाको ट्रेलरमा संगीत र प्रेमको समिश्रण पाइन्छ ।

कलरफुल ट्रेलरमा पलले एक सुपरस्टार गायक र पूजाले संघर्षरत गायिकाको भूमिका निर्वाह गरेका छन् ।

अर्जुन पोखरेलको संगीत रहेको सिनेमाका गीत चार्टबस्टरमा हिट भैसकेका छन् । त्यसैले सिनेमाको हाइप राम्रो छ ।  बक्सअफिसमा पनि सकारात्मक नजिता आउने आशा गरिएको छ ।

ट्रेलर रिलिजसँगै सिनेमाको प्रदर्शन मिति पनि फेरिएको छ । फागुन २३ को रिलिजबाट निर्माण पक्ष एक साता पछाडी धकेलिएको छ । अब सिनेमा फागुन ३० देखि अलनेपाल रिलिज हुनेछ ।

सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको सिनेमामा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

जन्मजय सपाङ राई सह-निर्माता रहेको सिनेमामा निर्देशक थापाको कथा, शिवम अधिकारी/दिनेश न्यौपानेको पटकथा, सौरभ लामाको छायांकन र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ ।