आमासँग निशुल्क ‘आमा’ हेर्ने मौका

आमासँग निशुल्क ‘आमा’ हेर्ने मौका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘आमा’ भोलि शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ । रिलिज अगाडीको हाइपलाई मध्येनजर गर्दै मल्टीप्लेक्समा अग्रिम बुकिङ पनि खुल्ला भैसकेको छ । बुकिङलाई हेर्दा सिनेमाले बक्सअफिसमा सुखद सुरुवात गर्ने छनक देखाएको छ ।

दर्शकको क्रेजलाई हेरेर निर्माण पक्षले आफ्नो आमासँग सिनेमा हेर्न जाँदा निशुल्क टिकटको व्यवस्था गरिदिने भएको छ । तर, यो सुबिधा राजधानीका केहि मल्टीप्लेक्समा मात्र हुनेछ ।

काठमाडौँको जयनेपाल हलमा ११.४५, क्युज सिनेमाजमा १०.४५ र कुमारी हलमा ८.३० बजेको बिहानी शोमा दर्शकले यो सुबिधा पाउनेछन । निर्माण पक्षले यी हलमा निर्धारित शो कटौती नहुँदासम्म सुबिधा दिइरहने बताइएको छ ।

यस विषयमा निर्देशक खनाल  भन्छन –‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको तर्क छ ।

फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले सिनेमा निर्माण गरेकी हुन् ।