इन्स्टाग्राममा प्रियंकाका १० लाख फलोअर्स

इन्स्टाग्राममा प्रियंकाका १० लाख फलोअर्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री प्रियंका कार्कीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पच्छ्याउनेको संख्या १० लाख काटेको छ । इन्स्टामा १० लाख फलोअर्स पाउने प्रियंका पहिलो नेपाली कलाकार हुन् ।

१० लाख फलोअर्स पुगेपछि प्रियंकाले खुसि व्यक्त गरेकी छन् । प्रियंका इन्स्टामा निक्कै सक्रिय हुने गर्छिन । उनले आफ्ना र श्रीमान आयुषमान देशराज जोशीका फोटो धेरै पोस्ट गर्ने गर्छिन् ।

यस्तै इन्स्टामा प्रियंकापछि अभिनेत्री अदिति बुढाथोकीका फलोअर्स धेरै छन् । अदितिले पनि १ मिलियनको माइलस्टोन छिट्टै पुरा गर्नेछिन् । उनका फलोअर्स ९ लाख ९९ हजार छन् । अभिनेत्री स्वस्तिमा खड्काका फलोअर्स ८ लाख ५४ हजार बढी छन् ।