‘विच्छेद’मा केकीको ठाउँमा लक्ष्मी, पाँच महिनापछि बाहिरियो खबर

‘विच्छेद’मा केकीको ठाउँमा लक्ष्मी, पाँच महिनापछि बाहिरियो खबर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक सत्यराज चौलागाईंको सिनेमा ‘विच्छेद’बाट अभिनेत्री केकी अधिकारीले हात झिकेको खबर बाहिरिएको छ । चैतमा छायांकन हुँदै गर्दा लकडाउन भएपछि यो सिनेमाको काम रोकिएको थियो ।


केकीले सिनेमा छोडेको खबर भने अहिले आएर बाहिरिएको हो । त्यसपछि सिनेमामा अभिनेत्री लक्ष्मी वर्देवालाई फाइनल गरेको निर्देशक सत्यराजले बताए । उनले लक्ष्मीलाई लिएर पाँच दिनको छायांकन पनि गरिसकेका छन् ।

गुपचुपमा छायांकन सुरु

केहि समय अगाडी निर्देशक सत्यराजले अभिनेता मुकुन भुषाललाई लिएर सिनेमा ‘अन्तरे’ घोषणा गरेका थिए । तर, तत्काललाई यो सिनेमा रोकेर गुपचुपमै उनले ‘विच्छेद’को काम अगाडी बढाएका थिए । त्यसै अनुरुप सिनेमाको मुख्य भूमिकामा मुकुन र केकी अनुबन्धित भएका थिए ।

पछि गएर केकीले साइन गरेको अर्को सिनेमा ‘परदेशी २’को छायांकन सेड्युल जुध्ने भएपछी उनले ‘विच्छेद’बाट हात झिकेकी हुन् । तर, उनले पहिला साइनको गरेको सिनेमा ‘विच्छेद’ थियो ।

केकीले सिनेमा छोडेपछि उनको ठाउँमा लक्ष्मीलाई लिइएको निर्देशक सत्यराजले बताए । तर, यो कुरा मिडियामा आएको थिएन ।

झन्डै पाँच महिनापछि मात्र यो खबर मिडियासम्म आइपुगेको छ । निर्देशक चौलागाईं भन्छन ‘खबर त पुरानै हो । तर, अहिले आएर फैलिएछ । हामिले लक्ष्मीलाई लिएर केहि प्रतिशत छायांकन पनि गरिसकेका छौँ । लकडाउनका कारण रोकिएको छायांकन समय अनुकुल भयो भने पुन: सुचारु गर्छौँ ।’

रेड आइज फिल्मस्को व्यानरमा निर्माण हुने ‘विच्छेद’मा राज पण्डित र सुवाष चाम्लिङ राईको लगानी रहनेछ । भने, एसआरसी फिल्म्सले निर्माणमा साझेदारी गर्नेछ ।

मुकुनलाई लिएर घोषणा गरिएको ‘अन्तरे’ भने अहिले पाइपलाइन राखिएको छ । ‘विच्छेद’ निर्माण टिमले नै यो सिनेमा निर्माण गर्नेछ ।