सुव्रत निर्देशित ‘सार्टनैको चोली’ सार्वजनिक

सुव्रत निर्देशित ‘सार्टनैको चोली’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – संचारकर्मी हुँदै निर्देशक बनेका सुव्रतराज आचार्यको नयाँ म्युजिक भिडियो ‘सार्टनैको चोली’ सार्वजनिक भएको छ ।


रोमान्टिक फ्लेवरको गीतमा शंकर थापाको संगीत र स्वर छ । उनलाई गायनमा दीपा लामाले साथ दिएकी छन् । गीतको शब्द रचना भने अम्बिका गुरुङले गरेकी हुन् ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।

यसअघि ‘सेल्फी हानौँला’, ‘ट्युसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता गीतबाट लोकप्रियता कमाएका गायक तथा संगीतकार शंकर थापा (स्माइल)ले यस गीतबाट पनि दर्शकको साथ पाउने अपेक्षा गरेका छन् ।

गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग छ ।