ओटीटीमा रिलिज भयो रोहणको ‘सोल्यूशन’

ओटीटीमा रिलिज भयो रोहणको ‘सोल्यूशन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरियोग्राफर रोहण नेपालीले निर्माण एवं निर्देशन गरेको शर्ट सिनेमा ‘सोल्यूशन’ ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।


प्रेमको लागि आत्महत्या गर्नु हुँदैन भन्ने संदेश बोकेको सिनेमा नेट टिभीमा रिलिज गरिएको हो ।

‘युवाहरुको मनोदशालाई सिनेमा मार्फत भन्न खोजेको छु । अहिलेका युवापुस्तामा सानो कुरा मै ज्यान जोखिममा हाल्ने चलन बढ्दै गएको छ । उनिहरुको कच्चा निर्णयले परिवारलाई ठुलो बज्रपात तर्फ धकेलिरहेको छ । मैले यो सिनेमा मार्फत समस्याको समाधान खोजिनु पर्छ । तर, समस्याबाट डराएर ज्यान नै फाल्ने काम गर्नु हुँदैन भन्ने संदेश दिन खोजेको छु ।’ निर्देशक नेपालीले भने ।

सिनेमामा निर्देशकसहित विवेक गुरुङ, कन्चन भुजेल र तारा शर्माको अभिनय छ । यो सिनेमालाई अमित नेपालीले खिचेका हुन् ।

यो सिनेमालाई चाँडै नै अन्य डिजिटल प्लेटफर्मबाट पनि रिलिज गरिने निर्देशक नेपालीले बताए । उनले यसअघि सिनेमा ‘अलविदा’ र ‘नाइके’मा कोरियोग्राफीको काम गरेका थिए ।