‘लक्ष्मीपूजा’ टिजर सार्वजनिक, दशैँ प्रदर्शनको तयारी

‘लक्ष्मीपूजा’ टिजर सार्वजनिक, दशैँ प्रदर्शनको तयारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दशैँमा रिलिज डेट तोक्दै सिनेमा ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक गरिएको छ । यदि हल खुलेको खण्डमा यो सिनेमा कार्तिक ७ गतेदेखि हलमै रिलिज हुनेछ । नत्र भने निर्माण पक्षले डिसहोममा रिलिज गर्नेछ ।


सस्पेन्स, थ्रिलर जनराको सिनेमाको कथाले बदलाको भाव बोकेको छ । टिजरमा मुख्य कलाकार जाहान्वी बस्नेतको दोहोरो रुप देख्न सकिन्छ । उनको दोहोरो भूमिकाको नाम ‘लक्ष्मीपूजा’ राखिएको छ ।

समिर मियाँले लेखन र निर्देशन गरेको सिनेमामा जाहान्वीका अलावा जयकिशन बस्नेत, अस्मिता जुरेली, निर शाहलगायतका कलाकारहरुको मुख्य भूमिका छ । सिनेमामा कलाकारद्वय सलोन बस्नेत र रियशा दाहालको अतिथि भूमिका छ ।

सिनेमामा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको संवाद, रामजी लामिछानेको कोरियोग्राफी, जयकुमार दर्लामीको छायांकन र गौतमराज खड्काको सम्पादन छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा सोभित बस्नेतले लगानी गरेका छन् ।