रघुनाथको अनटाइटल प्रोजेक्टमा नाजिर फाइनल

रघुनाथको अनटाइटल प्रोजेक्टमा नाजिर फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता नाजिर हुसेन नयाँ सिनेमामा अनुबन्धित भएका छन् । संचारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने एक अनटाइटल प्रोजेक्ट उनले साइन गरेका हुन् ।


सामाजिक कथाबस्तुमा निर्माण हुने सिनेमालाई सेलेब्रेटी नेपालको व्यानरमा निर्माण गरिनेछ । फागुनपछि छायांकन सुरु हुने सिनेमामा यम थापाको पटकथा र संवाद रहनेछ ।

सिनेमाको लागि अहिलेसम्म अभिनेत्री फाइनल भएको खबर बाहिरिएको छैन ।

लकडाउनपछिको समयमा आफुलाई म्युजिक भिडियोमा व्यस्त बनाएका नाजिरले सन्तोष सेनले निर्माण एवं निर्देशन गर्ने कमेडी प्रोजेक्ट ‘हु.तु.तु’ पनि साइन गरिसकेका छन् । यस्तै उनले निर्देशक बसन्त निरौलाको वेव सिरिज पनि गरिरहेका छन् ।