५० प्रतिशत दर्शकका साथ अस्ट्रेलियामा प्रदर्शन हुँदै ‘आमा’

५० प्रतिशत दर्शकका साथ अस्ट्रेलियामा प्रदर्शन हुँदै ‘आमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – समिक्षात्मक र व्यवसायिक रुपमा नेपालमा सफल मानिएको सिनेमा ‘आमा’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । सिनेमाका सह निर्मातामा सन्तोष अधिकारीले असाप इन्टरटेनमेन्ट मार्फत यो सिनेमा अस्ट्रेलिया रिलिज गर्न लागेका हुन् ।

अक्टुबर २० तारिखका दिन अस्ट्रेलियाको तास्मनिया राज्यको राजधानी होबर्टमा सिनेमाको प्रिमियर हुनेछ । जहाँ ५० प्रतिशत मात्र दर्शक रहनेछन । ‘अस्ट्रेलियामा जस्तै नेपालमा पनि हल खेल्दा कोरोनाको जोखिमबाट बच्न सकिन्छ ।’ निर्माता अधिकारीले आफ्नो आगामी सिनेमा ‘तीन जन्तु’ले हल खुल्ने वातावरणको प्रतिक्षा गरिरहेको पनि बताए ।

दीपेन्द्र के खनाल निर्देशित सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ ।

सामान्य बन्दै अस्ट्रेलिया

अन्य महाद्वीप भन्दा ओसियना कोरोनाबाट कम प्रभावित छ । त्यसैले यहाँको दैनिकी सामान्य बन्दै गएको छ । यो महाद्वीपका ८ राष्ट्रमा सक्रिय संक्रमितको संख्या १८ सय ४५ छ । जसमध्ये अस्ट्रेलियामा मात्रै १३ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।

अस्ट्रेलियामा अहिलेसम्म २७ हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ९७ जनाको मृत्यु भएको छ । भने, २४ हजार ९३७ जना संक्रमित कोरोना मुक्त भइसकेका छन् ।