अक्षयको ‘लक्ष्मी बम्ब’ ट्रेलरमा नकारात्मक कमेन्टको ओइरो

अक्षयको ‘लक्ष्मी बम्ब’ ट्रेलरमा नकारात्मक कमेन्टको ओइरो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अक्षय कुमारको प्रतिक्षित सिनेमा ‘लक्ष्मी बम्ब’को ट्रेलर रिलिज भएको छ । ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलरमा अक्षय जबरजस्त रुपमा प्रस्तुत भएका छन् ।


अक्षयलाई पहिलो पटक सिनेमामा महिला अवतारमा देख्न सकिन्छ । उनि सामान्य अवतारमा पनि प्रस्तुत छन् । सिनेमामा अक्षयको जोडीको रुपमा कियरा आडवाणी प्रस्तुत छिन । यी दुईले गत वर्षको सुपरहिट सिनेमा ‘गुड न्युज’मा पनि स्क्रिन साझेदारी गरेका थिए ।

‘लक्ष्मी बम्ब’ तामिल सिनेमा ‘मुनि २: कन्चना’को रिमेक हो । दुई ओटै हरर कमेडी सिनेमाको निर्देशक राघव लोरेन्स हुन् । ‘लक्ष्मी बम्ब’ ट्रेलरमा अक्षय कुमार (लक्ष्मण)को लक्ष्मी बन्ने यात्रालाई हाइलाइट्स गरिएको छ ।

आयशा राजा मिश्र, तुसार कपूर, तरुण अरोडा, राजेश शर्मालगायतले पनि अभिनय गरेको सिनेमा ९ नोभेम्बरमा डिज्नी प्लस हटस्टारबाट प्रिमियर हुँदैछ ।

युट्युबमा लुकाइयो लाइक र डिसलाइक

पछिल्लो समय बलिउड दर्शकले स्टार र स्टारकिडको सिनेमा बहिस्कार गर्ने ट्रेन्ड नै चलाएका छन् । सुशान्त सिंह राजुपुत आत्महत्या प्रकरणमा मुछिएपछि आलिया भट्ट, संजय दत्त र महेश भट्टको सिनेमा ‘सडक २’ले युट्युबमा करोडौँ डिसलाइक पाएको थियो ।

स्टारकिडको सिनेमा बहिस्कार गर्ने शिलशिला ‘सडक २’मा रोकिएन । इशान खट्टर र अनन्या  पाण्डे स्टारर सिनेमा ‘खालिपिली’को प्रचार सामाग्रीमा पनि डिसलाइकको बाढी नै आयो ।

सुशान्तको मृत्युसँग अक्षयको नामपनि जोडिएपछि ‘लक्ष्मी बम्ब’को टिजरमा पनि सोचेभन्दा बढी डिसलाइक आएको थियो । त्यसैले ट्रेलरमा ‘लक्ष्मी बम्ब’ टिमले लाइक र डिसलाइकको नम्बर लुकाएको छ ।

कमेन्ट बक्समा पनि दर्शकको नकारात्मक कमेन्टको बर्षा भएको छ । प्राय: दर्शकले ‘कन्चना’को कथा र निर्देशन दोस्रो पटक हेर्नुको औचित्य नरहेको बताएका छन् ।