‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को आयोजना

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को आयोजना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– असाप इन्टरटेनमेन्टले ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ आयोजना गर्ने भएको छ । मार्च १५ मा नेपाल र अष्ट्रेलियामा आयोजना हुने कार्यक्रमको आयोजक ‘आमा’ र ‘तीन जन्तु’का निर्माता सन्तोष अधिकारी हुन् ।

उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागीता रहनेछ । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागीएको हो । गतवर्षबाट सुरु भएको हेरिटेज अफ फेसन नेपालको पहिलो सिजनको आयोजना पोखरा र अष्ट्रेलियामा गरिएको थियो । भने, यसवर्ष दुवई र युरोपमा पनि फेसन शोको आयोजना गर्ने योजना सन्तोषको छ ।

पहिलो सिजनमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन सहभागिता रहेको थियो ।