अरबाज र सोहेल विरुद्ध उजुरी दर्ता

अरबाज र सोहेल विरुद्ध उजुरी दर्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता अरबाज खान, सोहेल खान र उनका छोरा निर्वान खान विरुद्ध उजुरी दर्ता गरिएको छ । बृहन्मुम्बई महानगरपालिकाले कोरोनाको मापदण्ड उल्लंघन गरेको भन्दै उनीहरु विरुद्ध उजुरी दर्ता गरेको हो ।

उनीहरु गत २५ डिसेम्बरमा दुबईबाट मुम्बई आएका थिए । मुम्बई आएपछि उनीहरुले होटलमा क्वारेन्टाइन बस्ने बताएका थिए । तर, उनीहरु क्यारेन्टाइनमा नबसी घर गए । उनीहरुविरुद्ध बीएमसीले झुटो जानकारी दिएको आरोप पनि लगाएको छ ।

उनीहरुलाई सोमबार राती १० बजे बान्द्रास्थित ताज एण्ड होटलमा क्वारेन्टाइन गरिएको छ । तीनै जनालाई एक हप्ताको लागि क्वारेन्टाइन गरिएको हो । परिस्थिति अनुसार यो अवधी बढाउने बीएमसीले बताएको छ ।
–एजेन्सी