नेपोटिज्मबारे सिमा भन्छिन्, ‘मेरो श्रीमान् सोहेलले के गर्न सके ?’

नेपोटिज्मबारे सिमा भन्छिन्, ‘मेरो श्रीमान् सोहेलले के गर्न सके ?’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउडमा नेपोटिज्मको विषयमा चलिरहेको बहसमा अब सोहेल खानकी श्रीमती सीमा खानको टिप्पणी सार्वजनिक भएको छ । सीमा खानले सेलिब्रिटी परिवारको भएपनि धेरै मानिसहरुले बलिउडमा केही ठूलो काम गर्न नसकेको बताएकी छिन् ।

उनले आफ्ना श्रीमान् सोहेल खानको उदाहरण दिदै भनिन्, ‘क्षमता बोल्छ । इन्डष्ट्रिमा यस्ता थुप्रै कलाकार छन् जो ठूला परिवारबाट आउँछन् तर खासै केही गर्न सक्दैनन् । यसमा मेरा श्रीमान् पनि संलग्न छन् । नेपोटिज्मको यो अर्थ होइन कि तपाईंले केही गरी हाल्नुहुन्छ । अन्त्यमा तपाईं गम्भीर हुन र लगातार प्रयास गर्न आवश्यक छ । यो जीवनको हरेक क्षेत्रमा लागू हुन्छ । यहि एक मन्त्र हो, म पनि यसलाई मान्छु । म आफ्नो छोरालाई पनि यहि कुरा सिकाउने गर्छु ।’

हालै करण जोहरको शो ‘द फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स’ मा सरिक भएकी सीमा खान व्यवसायिक रुपमा फेसन डिजाइनर हुन् । सीमा खानले भनिन्, ‘यो शोमा हाम्रै जीवनबारे कुरा गरिएको छ । कुनै पनि महिलाको जीवनको एउटा ठूलो हिस्सा उसको परिवार र बच्चा हुन्छ । यस्तो नहुनु जीवनको वास्तविकताको विपरित हो ।’

सीमा र सोहेल खान अलग रहन्छन् । सिमाले अलग बस्ने विषयमा भनिन्, ‘यो शोमा सबैकुरा वास्तविक नै देखाइएको छ । यसबाहेक मैले सधैं आफ्नो कुरा खुल्ला रुपमा राख्ने गरेकी छु । हाम्रो विवाह सामान्यभन्दा थोरै भिन्न छ ।’

गत वर्ष अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको विषयमा तीब्र रुपमा बहस भईरहेको छ ।                 –एजेन्सी