अजयको ‘थ्यांक गड’मा सिद्धार्थ र रकुलप्रीत

अजयको ‘थ्यांक गड’मा सिद्धार्थ र रकुलप्रीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता अजय देवगनको सिनेमा ‘थ्यांक गड’मा सिद्धार्थ मल्होत्रा र रकुलप्रीत सिंह अनुबन्धित भएका छन् । गत वर्ष सिनेमाको घोषणा गरिएपनि स्टार कास्ट फाइनल गरिएको थिएन् ।

अजयले आफ्नो इन्स्टाग्राम स्टोरी मार्फत सिनेमाको जानकारी दिएका हुन् । कमेडी सिनेमाको छायांकन जनावरी तेस्रो साताबाट सुरु हुनेछ । इन्द्र कुमारले निर्देशन गर्ने सिनेमालाई भूषण कुमार, कृष्ण कुमार, अशोक ठेकरिया, सुनीर खेतेरपाल, दीपक मुकुट, आनन्द पण्डितले निर्माण गर्दैछन् ।

अजय देवगन अमिताभ बच्चनलाई लिएर ‘मेडे’को निर्देशनमा व्यस्त छन् । सिनेमामा अजयसँगै रकुलप्रीतको पनि अभिनय छ ।