विजयको ‘मास्टर’को ट्रेलर रिलिज

विजयको ‘मास्टर’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– साउथ सुपरस्टार थलापथी विजयको सिनेमा ‘मास्टर’को ट्रेलर सार्वजनिक भएको छ ।

लोकेश कनगराजको कथा तथा निर्देशन रहेको सिनेमामा विजयको अलवा विजय सेथुपथी, माल्भिका मोहनन्, एन्डे्र जेरेमिह, शान्थानु भाग्यराज, नसर लगायत कलाकारको अभिनय छ । जेभिएर ब्रिट्टो लगानी गरेको सिनेमाका सह निर्माता ललित कुमार हुन् ।

कोरोनाको मापदण्ड अपनाएर सिनेमालाई तामिलनाडु सरकारले शत प्रतिशत अकुपेन्सी सहित रिलिज गर्न अनुमति दिएको छ । यो सिनेमाको हिन्दीमा विजय द मास्टर नाम राखिएको छ । यो सिनेमा तामिलमा जनावरी १३ र हिन्दीमा १४ जनावरी देखि सिनेमा हलमा रिलिज हुँदैछ ।