मनसँग मनको पहिलो गीत ‘मेरो त भाग्य’ रिलिज (भिडियो)

मनसँग मनको पहिलो गीत ‘मेरो त भाग्य’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र बर्षा सिवाकोटी अभिनित सिनेमा ‘मनसँग मन’को पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा पुष्प र बर्षासँगै अभिनेता पल शाह र पुजा शर्मालाई पनि फिचर्ड गरिएको छ ।

‘मेरो त भाग्य’ बोलको गीतमा बुद्धि तामाङ र रविन्द्र झालाई पनि स्थान दिइएको छ । बिपिन किरणको शब्द तथा दिपक शर्माको संगीतमा तयार भएको गीतमा डेविट शंकर र भावना थापाको स्वर छ । गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । सिनेमा ‘मनसँग मन’ नयाँ वर्षको अवसर पारेर चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

सौरभ इन्टरटेनमेन्ट र बलाली इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको सिनेमालाई कैलाश राईले निर्देशन गरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । सिनेमामा पल शाह र पुजा शर्माले यही गीतमा विशेष भुमिका निवार्ह गरेका हुन् ।

पल र पुजाले अहिले नेपाली सिनेमा क्षेत्रलाई चलायमान बनाउन एकअर्काको साथको आवश्यक रहेकाले पनि आफुहरु सिनेमाको गीतमा अभिनय गर्न तयार भएको बताएका थिए । अरुण तामाङको लगानी रहेको सिनेमामा पुष्प, बर्षा र बुद्धिका अलवा महेन्द्र बागदास र चादनी प्रधानको अभिनय रहेको छ ।

सिनेमामा सौरभ लामाको छायांकन, निर्देशक स्वंयम कैलाशको कथा तथा पटकथा, कमल राईको कोरियोग्राफी, अर्जुन पोखरेल र अगोम गुरुङको संगीत रहेको सिनेमालाई रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले विरतरणको जिम्मा लिएका छन् ।