‘परदेशी २’को ९० प्रतिशत छायाँकन सकियो

‘परदेशी २’को ९० प्रतिशत छायाँकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नारायण रायमाझीको निर्देशनमा निमार्ण भैरहेको सिनेमा ‘परदेशी २’को छायांकन अन्तिम चरणमा छ । निर्माण टिमको अनुसारको सिनेमाको केही गीत र विदेशमा खिच्नु पर्ने दृश्य मात्रै बाँकी छ । निर्माण टिम सिनेमाको अमेरिकामा छायांकन गर्ने तयारी गरिरहेको छ ।

प्रकाश सपुत, बर्षा सिवाकोटी र केकी अधिकारी अभिनित सिनेमाको हालसम्म ९० प्रतिशत छायाँकन सकिएको छ । सिनेमामा दीलिप रायमाझी र प्रशान्त तामाङको विशेष भुमिका रहनेछ । परदेशी २ मा नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत कलाकारको अभिनय रहनेछ । निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेको फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ ।

सिनेमाको कथा रमेश विजीले तयार पारेका हुन् । ‘परदेशी २’ सुपरहिट सिनेमा ‘परदेशी’को सिक्वेल हो । निर्माण टिमका अनुसार सिनेमामा दशैंको कथा समेटिएका कारण त्यसकै आसपासमा रिलिज हुनेछ । श्रोतका अनुसार परदेशी २ को केहीदिन प्रदर्शन मिति फाइनल गरिदैछ ।