‘म्याडम चीफ मिनिस्टर’ विवादपछि ऋचालाई जिब्रो काट्ने धम्की

‘म्याडम चीफ मिनिस्टर’ विवादपछि ऋचालाई जिब्रो काट्ने धम्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स्, काठमाडौं – बलिउड अभिनेत्री ऋचा चड्डाको आगामी सिनेमा ‘म्याडम चीफ मिनिस्टर’को पोस्टर र ट्रेलर रिलिज भएसँगै विवादमा फस्दै आएको छ । ऋचाले झाडुले सफाई गरिरहेको सिन प्रति दर्शकले आपत्ति जनाएका छन् । उनले माफी मागिसक्दा पनि विवाद रोकिएको छैन । हाल उनलाई ज्यान मार्ने धम्की आइरहेको छ । 

भीमसेना प्रमुख नवाब सतपाल तन्वरले सिनेमा प्रति आपत्ति जनाउदै ऋचाको जिब्रो काट्नेलाई इनाम दिने घोषणा गरेका छन् । साथै उनले सिनेमाका निर्देशक सुभाष कपूरलाई अपहरण गर्ने मान्छेलाई पनि इनाम दिने बताएका छन् । तन्वरले सिनेमा ब्यान्ड गर्न माग गरेका छन् ।

उनका अनुसार यो सिनेमा पूर्व मुख्यमन्त्री मायावतीको बायोपिक हो । यसमा ऋचाले मायावतीको भुमिका निभाएकी छन् । उनले ऋचा माथी मायावतीको अपमान गरेको आरोप लगाएका छन् । तर, निर्माण टिमले यो सिनेमाको कथा र पात्र काल्पनिक रहेको उल्लेख गरेका छन् ।

भीमसेनाका प्रमुखले ऋचाको जिब्रो काट्नेलाई दूई करोड रुपैयाँको सुनको शील्डले सम्मानित गर्ने बताएका हुन् । उनले सिनेमा रिलिज भयो भने हल जलाउने धम्की समेत दिएका छन् । यसको जवाफमा ऋचाले लेखेकी छन्, ‘हामी डराउदैनौ’ ।

‘म्याडम चीफ मिनिस्टर’मा ऋचासँगै मानव कौल, अक्षय ओबरोय, सौरभ शुक्ला लगायतका कलाकारको अभिनय छ । यो सिनेमा २२ जनावरी अर्थात माघ ९ गते रिलिज हुँदैछ ।                                                                                                                                                                                                     -एजेन्सी