जुलाई ३० मा यशको ‘केजीएफ २’ रिलिज हुने

जुलाई ३० मा यशको ‘केजीएफ २’ रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कन्नड अभिनेता यशको ‘केजीएफ : च्याप्टर २’ जुलाई ३० अर्थात साउन १५ गतेबाट रिलिज हुँदैछ । 

एक्सन थ्रिलर सिनेमा ‘केजीएफ’ सुपर हिट भएको थियो । ‘केजीएफ २’ हेर्न दर्शकहरु लामो समय देखि प्रतिक्षा गरिरहेका छन् । सिनेमामा यशसंगै संजय दत्त, रविना टन्डन र श्रीनिधि श्रेट्टी लगायतका कलाकारको अभिनय छ । प्रशान्त निल निर्देशित सिनेमा हिन्दी, तमिल, तेलुगु र मल्यालम गरी पाँच भाषामा रिलिज गरिनेछ ।

कोरोना महामारी पछि ओटीटी प्लाटफर्ममा रिलिज हुने भनिएको सलमान खानको ‘राधे’ वितरकको आग्रहमा २०२१ इदको अवसर पारेर मे १२ मा रिलिज हुँदैछ ।