शाहरुखको ‘पठान’ सुटिङ सेटमा निर्देशकमाथी कुटपिट

शाहरुखको ‘पठान’ सुटिङ सेटमा निर्देशकमाथी कुटपिट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खानको कमब्याक सिनेमा ‘पठान’को सेटमा निर्देशक माथी कुटपिट भएको छ । हाल धमाधम छायाँकन भैरहेको सिनेमाको सेटमा निर्देशक सिद्धार्थ आनन्दले मोबाइल लिन पूर्ण रुपमा प्रतिबन्ध लगाएका थिए ।

निर्देशकको निमय पालना नगरेर एक सहायक निर्देशक मोबाइल सहित सेटमा पुगेका थिए । सेटको निमय पालना नगरेपछि निर्देशक आनन्दले उनलाई सेटबाट निकालेका थिए । उनै सहायक निर्देशक सेटबाट बाहिरिएसँगै गाली गालौजमा उत्रिए । माहोल तातिदै गएपछि सिद्धार्थले सहायक निर्देशकमाथि हात उठाए । उनलाई सम्झाउन खोज्दा सहायक निर्देशकले आनन्दलाई कुटपिट गरेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

यशराज फिल्मस्को ब्यानरमा निर्माण भैरहेको सिनेमाको टिमले यस बिषयमा कुनैपनि जानकारी दिएको छैन् । सिनेमामा शाहरुख खानका अलवा दीपिका पादुकोण, जोन अब्राहम लगायतका कलाकारको अभिनय रहेकोछ । सिनेमा यही बर्षको अन्त्यसम्म प्रदर्शनमा आउँदैछ ।