बक्स अफिसमा आक्रमक ‘मास्टर’, यस्तो रह्यो कलेक्सन रिपोर्ट ?

बक्स अफिसमा आक्रमक ‘मास्टर’, यस्तो रह्यो कलेक्सन रिपोर्ट ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तमिल सुपरस्टार विजय र विजय सेतुपती अभिनित सिनेमा ‘मास्टर’ले ५० प्रतिशत अकुपेन्सीमा समेत बम्पर व्यापार गरेको छ । कोरोना महामारीका बीच प्रदर्शनको नौ दिनमा १ सय ७० करोड बढि ग्रस कलेक्सन गर्न सफल भएको छ । बलिउड मिडियाले मास्टरको कलेक्सलाई आक्रमक भनेका छन् ।

कोरोनाका कारण हलहरु सुनसान रहेको अवस्थामा विजयको सिनेमा ‘मास्टर’ले दर्शक हलसम्म फर्काउन सफल भएको छ । तमिलनाडुका अधिकांश हलमा सिनेमा शतप्रतिशत अकुपेन्सीमा रिलिज गरिएको थियो । सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै केही हललाई कारवाही गर्ने तयारी प्रहरीले गरेको छ ।

तर, यसको फाइदा सिनेमाको बक्स अफिस कलेक्सनमा भयो । सिनेमाले नौ दिनमा तमिलनाडुमा मात्र १ सय करोडको व्यापार गरेको छ । यस्तै, आन्ध्र प्रदेशमा २५ करोड, कर्नाटकमा १५ करोड र हिन्दी भाषामा ६ करोडको व्यापार मास्टरले गरेको छ । ओभरसिज मार्केटमा समेत सिनेमा ५ मिलियन बराबर कलेकसन गर्न सफल भएको छ ।

माघ १ गतेबाट नेपालमा पनि प्रदर्शनमा आएको सिनेमा ‘मास्टर’ले राम्रो सङ्ख्यामा दर्शक हलसम्म फर्काउन सहयोग गरेको वितरकको दाबी छ ।