असोज २७ मा राजमौलीको ‘आरआरआर’ रिलिज

असोज २७ मा राजमौलीको ‘आरआरआर’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एस् एस् राजमौली निर्देशित सिनेमा ‘आरआरआर’को प्रर्दशन मिति तय गरिएको छ । सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै अक्टोबर १३ अर्थात असोज २७ गतेलाई प्रर्दशन मिति तोकिएको छ ।

सिनेमामा जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय छ । यहि सिनेमाबाट बलिउड अभिनेत्री आलियाले तेलुगु सिनेमामा डेब्यु गरेकी छन् । डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई डीभीभी दानय्याले निर्माण गरेका हुन् । सिनेमाको केहि दिन पहिले मात्रै क्लाइमेक्सको छायांकन गरिएको थियो ।

आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ । यस अघि एस् एस् राजमौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ सुपरहिट सिनेमा निर्देशन गरेका थिए ।

-एजेन्सी