विधुतको पोस्टर सार्वजनिक गर्दै ‘सनक’ निर्माण घोषणा

विधुतको पोस्टर सार्वजनिक गर्दै ‘सनक’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता विधुत जामवालको पोस्टर सार्वजनिक गर्दै सिनेमा ‘सनक’को निर्माण घोषणा गरिएको छ । सार्वजनिक एक पोस्टरमा स्ट्रेचरमा रहेका विधुतको हातमा बन्दुक छ । भने अर्का पोस्टरमा उनी अपहरणकारीको कैदमा छन् ।

इमोशनल एक्सन थ्रिलर सिनेमालाई कनिष्क वर्माले निर्देशन गरेका छन् । यही सिनेमाबाट बंगाली अभिनेत्री रुक्मिणी मैत्रा बलिउडमा डेब्यू गर्दैछन् ।

सिनेमामा विधुत र निर्माता विपुल शाहले पाँचौं पटक सहकार्य गरेका छन् । उनीहरुले ‘सनक’ भन्दा पहिला ‘फोर्स’ र ‘कमान्डो’ सिरीजमा एक साथ काम गरेका थिए ।
-एजेन्सी