रिलिज डेट जुधेसँगै ‘आरआरआर’ टिमसँग रिसाए अजय

रिलिज डेट जुधेसँगै ‘आरआरआर’ टिमसँग रिसाए अजय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाहुबली निर्देशक एस एस राजामौलीले सिनेमा ‘आरआरआर’ रिलिज डेट घोषणा गरेका छन् । सिनेमामा जुनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्टको अभिनय रहेको छ । यो सिनेमा अक्टोबर १३ अर्थात असोज २७ गते रिलिज हुँदैछ ।

केहि समय अगाडी अजय देवगनले अक्टोबर १५ मा सिनेमा ‘मैदान’ रिलिज गर्ने घोषणा गरेका थिए । भारतीय मिडियासँग कुराकानी गर्दै ‘मैदान’ निर्माता बोनी कपूरले भने, ‘आरआरआर को मेकर्सले अजयसँग रिलिज डेटको बारेमा कुरा गरेका थिएनन् । अजय आरआरआर टिमसँग रिसाएपछि उनले रिलिज डेटको बारे सामाजिक सञ्जालमा कुनै पनि जानकारी सेयर गरेका छैनन् । ‘बाहुबली’ सीरीज बनाएपछि राजामौलीलाई दशहरे जस्तो चार्डको जरुरत किन पर्यो । यो सोच्ने कुरा हो ।’ साथै उनले ‘आरआरआर’को कारण ‘मैदान’को रिलिज डेट नसर्ने बताए ।

‘आरआरआर’को हिन्दी भाषाको डिजिटल राइटस् समेत अजय देवगन फिल्मस्ले किनेको थियो । अमित शर्माले निर्देशन गरेको सिनेमा ‘मैदान’लाई बोनी कपूर, जी स्टुडियो, अरुनवा जोय सेनगुप्ता र आकाश चावलाले निर्माण गरेको हुन् ।

-एजेन्सी