अगस्ट १३ मा अल्लु अर्जुन र रश्मिकाको ‘पुष्पा’ रिलिज

अगस्ट १३ मा अल्लु अर्जुन र रश्मिकाको ‘पुष्पा’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भुमिका रहेको सिनेमा ‘पुष्पा’को प्रदर्शन मिति फाइनल गरिएको छ । मैथरी मुभि मेकर र मुत्तमसेट्टी मिडियाको ब्यानरमा निर्माण भएको सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै अगस्ट १३ लाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुने सिनेमालाई सुकुमारले निर्देशन गरेका हुन् । स्टाइलिस अभिनेताको रुपमा चिनिने अल्लु अर्जुनको सिनेमा पहिलो पटक मल्टिपल ल्याङ्वेजमा रिलिज हुँदैछ । सिनेमामा देवीश्री प्रसादको मुजिक रहनेछ ।

सिनेमामा अल्लु अर्जुन र निर्देशक सुकुमारले तेस्रो पटक सहकार्य गरेका छन् । ‘पुष्पा’ तेलुगु, तमिल, हिन्दी, कन्नड र मल्यालम गरी पाँच भाषामा रिलिज हुनेछ । बलिउडका ठुला ब्यानरले प्रदर्शन मिति फाइनल गर्न नसकिरहेको अवस्थामा एकपछि अर्को ठुला दक्षिण भारतीय सिनेमाले आफ्नो प्रदर्शन मिति घोषणा गरिरहेका छन् ।