‘डाक्टर जी’मा आयुष्मानको जोडी रकुल

‘डाक्टर जी’मा आयुष्मानको जोडी रकुल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘डाक्टर जी’मा बलिउड अभिनेता आयुष्मान खुरानाको जोडी रकुल प्रित सिंहसँग बाधिएको छ । बलिउड मिडियाका अनुसार सिनेमामा रकुल कलेजमा आयुष्मानको सिनियरको भुमिकामा देखिँदैछिन् ।

निर्देशक अनुभुती कश्यपको निर्देशन रहने सिनेमालाई जंगली पिक्चर्सले निर्माण गर्दैछ । ‘डाक्टर जी’को मुख्य भुमिकामा अनुबन्धित भएसँगै रकुलले आफु निकै रोमान्चित भएको प्रतिक्रिया दिएकी छन् । उनी आयुष्मानसँग पहिलो पटक स्क्रिन सेयर गर्दैछिन् । यो अवसरको लागी उनले निर्देशक अनुभुती कश्यपलाई धन्यवाद भनेकी छन् ।

रकुलले बलिउड मिडियासँगको कुराकानीमा भनेकी छन्, ‘मलाई सिनेमाको कथा निकै मन परेको छ । यो एक रमाइलो कहानी हो । सिनेमा मेडिकल प्रोफेसन र कलेजको वरिपरी घुम्ने छ । फरक कथावस्तुमा निर्माण हुनेको सुटिङ सुरु गर्ने दिन पर्खिन सक्दिन् ।’

निर्देशक कश्यपले दुई प्रतिभाशाली कलाकारलाई एउटै सिनेमामा देख्न अद्भुत महशुुस हुने बताएकी छन् । उनले भनेकी छन्, ‘हामीलाई दुई इन्टेरस्टिङ्ग पात्रको खोजी थियो । हामी निकै खुशी छौं, किनकी हामीलाई आयुष्मान र रकुलजस्ता कलाकार मिले ।’

यस्तै, हालै आयुष्मानले निदेशक अभिषेक कपुरको सिनेमा ‘चंडीगढ करे आशिकी’को छायांकन सकाएका छन् । यो सिनेमामा उनको जोडी बाणी कपुरसंग बाँधिएको छ । भने, रकुल प्रित सिंह अजय देवगणसँग ‘मेडे’ र ‘थ्याक गड’को छायाँकनमा व्यस्त छिन् ।