‘दसवी’मा भ्रष्ट मुख्यमन्त्री बन्दै अभिषेक बच्चन

‘दसवी’मा भ्रष्ट मुख्यमन्त्री बन्दै अभिषेक बच्चन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अभिषेक बच्चनले केहीदिन पहिले आफ्नो जन्मदिन मनाएका छन् । बलिउड अभिनेता अमिताभ बच्चनका छोरा अभिषेकले पिताको जस्तो सफलता अझै पाउन सकेका छैनन् । तर, बलिउडमा सफलता पाउन उनले निकै संघर्ष गरिरहेका छन् ।

यसैबीच उनको हातमा एउटा बिग बजेट सिनेमा परेको छ । दिनेश भिजनको लगानीमा म्याडडक फिल्मस्को प्रस्तुतीमा सिनेमा निर्माण हुँदैछ । बलिउड मिडियाका अनुसार सिनेमाको नाम ‘दसवी’ राखिएको छ । सिनेमामा अभिनेषका अलवा यमी गौतमको पनि मुख्य भुमिका रहनेछ ।

शिक्षाको महत्वको विषयवस्तु उठान गरिने सिनेमामा अभिषेक भ्रष्ट मुख्यमन्त्रीको भुमिकामा देखिँदैछन् । तुषार जलोटाले सिनेमालाई निर्देशन गर्दैछन् । सिनेमाले दर्शकलाई मनोरञ्जनका साथै सन्देश समेत दिने विश्वास निर्माण टिमलाई छ । सिनेमाको छायांकन आगरा तथा दिल्ली लगायतका राज्यमा गरिनेछ ।