जुन २५ मा रणवीर र दीपिकाको ‘८३’

जुन २५ मा रणवीर र दीपिकाको ‘८३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर सिंह अभिनित सिनेमा ‘८३’ को प्रदर्शन मिति तय गरिएको छ । सिनेमा जुन २५ मा रिलिज हुँदैछ । १९८३ मा जुन २५ मा भारतले क्रिकेट विश्वकप जितेको थियो । सोहि दिनको अवसर पारेर सिनेमा रिलिज गरिदैछ ।

कविर खानले निर्देशन गरेको सिनेमामा रणवीर कपिल देवको भुमिका निभाउदैछन् भने दीपिका पादुकोण कपिलकी पत्नीको भुमिकामा देखिदैछन् ।

त्यस्तै, अक्षय कुमार र कट्रिना कैफ अभिनित सिनेमा ‘सुर्यवंशी’ अप्रिल २ मा रिलिज हुँदैछ । सलमान खानको ‘राधे : योर मस्टवान्टे भाइ’ र जोन अब्राहमको ‘सत्यमे जयते २’ इदको अवसर पारेर मे १४ मा रिलिज हुँदैछ ।

-एजेन्सी