विजयको ‘लाइगर’को प्रदर्शन मिति तय

विजयको ‘लाइगर’को प्रदर्शन मिति तय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ अभिनेता विजय देवरकोन्डाको सिनेमा ‘लाइगर’ सेप्टेबर ९ अर्थात भदौ २४ मा प्रदर्शन हुने भएको छ । यही सिनेमा मार्फत विजय बलिउडमा डेब्यू गर्दैछन् । सिनेमामा विजयको अपोजिट अनन्या पाण्डे छिन् । 

पुरी जगन्नाथले निर्देशन गरेको सिनेमामा विजय र अनन्यासँगै राम्या कृष्णन, रोनित रोय, विष्णु रेड्डी लगायत कलाकारको अभिनय छ । करण जोहर, अर्पुभा मेहेता, यश जोहरको निर्माण रहेको सिनेमा हिन्दी, तेलुगु, तमिल, कन्नड, मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ ।

‘गनपथ’मा कृतिको एक्सन अवतार
बलिउड अभिनेत्री कृति सेननको आगामी सिनेमा ‘गनपथ’को मोशन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा कृतिलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

विकास बहलले निर्देशन गरेको सिनेमामा टाइगर श्राफ र कृतिको मुख्य भुमिका छ । ‘हिरोपन्थी’बाट एक साथ बलिउडमा डेब्यू गरेका टाइगर र कृतिले लामो समयपछि स्क्रिन सेयर गर्दैछन् ।