‘युधरा’मा साउथ अभिनेत्री मालविकासँग सिद्धान्त

‘युधरा’मा साउथ अभिनेत्री मालविकासँग सिद्धान्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र मालविका मोहननको सिनेमा ‘युधरा’को निर्माण घोषणा गरिएको छ । यहिँ सिनेमाबाट साउथ अभिनेत्री मालविका बलिउडमा डेब्यू गर्दैछिन् ।

निर्माण टिमले सोमबार फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै सिनेमाको औपचारिक घोषणा गरेका हुन् । जसमा सिद्धान्त र मालविकालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । रोमान्टिक एक्सन सिनेमालाई रवि उदियावरले निर्देशन गर्नेछन् । एक्सल इन्टरटेनमेन्टको ब्यानरबाट बन्ने सिनेमामा रितेश सिद्धवानी र फरहान अख्तरको लगानी रहनेछ । 

सिद्धान्त पछिल्लो समय ‘गल्ली ब्वाई’मा देखिएका थिए । भने मालविका थलापथी विजयसँग ‘मास्टर’मा देखिएकी थिइन् ।

-एजेन्सी